पत्रकार साहका हत्यारा १२ वर्षपछि पक्राउ

काठमाडौं । बाराका पत्रकार वीरेन्द्र साहको हत्याका मुख्य योजनाकार कुन्दन फौजदार पक्राउ परेका छन्।  १२ वर्षदेखि फरार रहेका महागढीमाई नगरपालिका ६ का फौजदारलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो।  घटनापछि लामो समय खुलेयाम घुम्दै आएका फौजदार पछिल्लो समय लुकेर बसेका थिए।

फरार रहेका फौजदार घरमा आएको सूचना पाएपछि बारा प्रहरीको टोली राति २ बजे उनको घर पुगेको र घरलाई घेरा हालेर फौजदारलाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।  फौजदारलाई पक्राउ गर्ने क्रममा प्रहरीले हवाई फायरसमेत गरेको थियो। फौजदारलाई नियन्त्रणमा लिने क्रममा परिवार र स्थानीयले अवरोध गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको हो।

बारा प्रहरीको नियन्त्रणमा रहेका फौजदारलाई प्रहरीले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ। पत्रकार साह हत्यामा संलग्न अन्य दुई लालबहादुर चौधरी धामी र ईनर्वा मझरियाका हरेराम पटेल अझै फरार छन्। पत्रकार साहको २०६४ असोज १८ बाराको पिपरा बजारबाट अपहरण भएको थियो। अपहरणपछि खोज्दै जाने क्रममा साहको शव कार्तिक २२ गते टांगियाबस्तीको जंगलमा भेटिएको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

द ब्रिटिस कलेजमा करियर फेस्ट : स्थानीय प्रतिभालाई अवसरसँग जोड्ने

काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको द ब्रिटिस कलेजमा करियर फेस्ट–२०२४ हुने भएको छ । ग्रोथ …

प्रतिकृया दिनुहॊस