जापानी भाषा परीक्षाको फर्म अनलाइनबाट भर्न सकिने

काठमाडाैँ । आगामी जुलाई ५ मा हुन लागेको जापानी भाषाको परीक्षाको आवेदन फर्म मार्च ५ देखि खुलेको छ । सो परीक्षाको शुल्क अब खल्ती वालेट प्रयोग गरी अनलाइनमार्फत नै तिर्न सकिने भएको छ ।

खल्तीले जापान अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरुलाई भाषा सिकाउने र पढाउने शिक्षकहरुको संस्था जापानिज भाषा शिक्षक संगठन नेपालसँग सहकार्य गरी परीक्षाको शुल्क अनलाइनबाटै तिर्न मिल्ने सुविधा ल्याएको हो ।

लेभल एन १ देखि एन ५ सम्मका फर्ममध्ये आफूलाई अनुकूल कुनै एक फर्म भर्न सकिनेछ । परीक्षा शुल्क ३ हजार रुपैयाँ लाग्ने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री