सिटीलाई लगातार तेस्रो काराबाओ कप

एजेन्सी । म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई हराउँदै लगातार तेस्रो पटक काराबाओ कपको उपाधि जितेको छ । लिभरपुलपछि यो उपलब्धि हात पार्ने सिटी दोस्रो टोली हो ।  सिटीले पाँच वर्षमा चौथो पटक यो उपाधिमाथि कब्जा जमाएको हो । आइतबार वेम्ब्ले मैदानमा भएको खेलमा सिटीले २–१ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्न सफल रह्यो ।

खेलको २० औँ मिनेटमा सर्जियो अगुएरोले सिटीलाई अग्रता दिलाए भने १० मिनेटपछि रोड्रीले सिटीको अग्रता दोब्बर बनाए । पहिलो हाफको अन्त्यतिर मब्वाना समाटाले भिल्लाका लागि गोल फर्काए पनि त्यसपछि खेलमा कुनै गोल हुन सकेन र सिटीले खेल आफ्नो पक्षमा पार्न सफल रह्यो । लिगमा लिभरपुलभन्दा २२ अङ्कले पछि रहेको सिटीले सिजनको पहिलो उपाधि हात पारेको छ ।

योसँगै पेप ग्वार्डिओलाले तीन पटक लिग कपको उपाधि जित्नस सफल भएका छन् । उनीअघि एलेक्स फर्गुसन, ब्रायन क्लो र जोसे मोरिन्होले चार पटक यो उपाधि जितेका छन् । सिटीले अब लिगमा म्यान्चेस्टर युनाइटेडको सामाना गर्नेछ भने भिल्लाले सोमबार लेस्टर सिटीसँग भिड्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस