इच्छा विपरीत लोला हान्ने वा रंग लगाउनेलाई कारबाही

काठमाडौं । होलीमा इच्छा विपरीत लोला हान्ने वा रंग लगाउनेलाई कारबाही हुने भएको छ । होली पर्वका अवसरमा हुने अवाञ्छित गतिविधि र इच्छा विपरीतका कार्य रोक्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ।

फागुपूर्णिमा अर्थात् होलीमा इच्छा विपरीत लोला हान्ने वा रंग लगाउने,  फोहर पानी छ्याप्ने, विपरीतलिंगी वा यात्रीलाई दुःख दिनेलाई महानगरीय प्रहरी परिसर, काठमाडौंले कारबाही गर्ने चेतावनी दिएको छ ।

अघिल्ला वर्षहरूमा झैँ बाटो छेकेर होली खेलेको पाइए समेत उनीहरूलार्इ नियन्त्रणमा लिइने प्रहरीको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री