नेपाल कोरोनाको अति उच्च जोखिमको सूचीमा पर्‍यो

 काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड-१९)को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ । जेनेभास्थित मुख्यालयमा पत्रकार सम्मेलन गर्दै डब्लुएचओले नेपालसहित पाँच देशलाई उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको हो ।

नेपालसहित भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान कोरोनाको उच्च जोखिममा छन् । डव्लुएचओले यसअघि चीनलाई मात्रै अति उच्च जोखिममा राखेको थियो । डब्लूएचओले भाइरसको संक्रमण चीनबाट बाँकी विश्वतर्फ तीव्र रूपमा फैलिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

कोरोनाले विश्वव्यापी महामारीको रूप लिँदै गएकाले ढुक्क नबस्न डाब्लुएचओ प्रमुख डा. टेडरोस गेब्रिएसुसले सबै मुलुकलाई अपिल गरेका छन् । ‘कुनै देशले कोरोना भित्रिँदैन भनेर बसे गम्भीर गल्ती हुन्छ,’ उनले भने, ‘सबै देशले मौसमलाई ध्यान दिँदै आइसोलेसन युनिट, औषधि र अन्य स्वास्थ्य उपकरणको उचित प्रबन्ध गर्नू ।’

कोरोना भाइरस भनेर चिनिने ‘कोभिड-१९’ को संक्रमण विश्वका विभिन्न मुलुकमा फैलिने क्रम तीव्र भइरहेका बेला नेपालले संक्रमण फैलिएका देशबाट फर्किनेलाई बिनारोकतोक भित्र्याइरहेको छ ।

डब्लूएचओले विश्वका ५० भन्दा धेरै देशमा यसको संक्रमण देखिएको बताइरहँदा ती देशबाट नेपाल भित्रिनेलाई रोक लगाउने वा विमानस्थलमा परीक्षणमा कडाइ गर्ने सम्बन्धमा नेपाल सरकारको कुनै तयारी देखिँदैन । नेपाल कोरोनाको उच्च जोखिममा रहे पनि पूर्वाधारलगायतका तयारी सुस्त छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री