मुटुलाई स्वस्थ राख्न यसो गर्नुस्, यी खानेकुरा सेवन गर्नुस्

काठमाडौँ । स्वस्थ्य रहन खानपानमा विशेष ध्यान दिनु पर्छ। शरीरलाई आवश्यक क्यालोरीकाे मात्र मिलाएर खाएमा अनेक खालको रोगका समस्यालाई न्यूनीकरण गर्न सकिन्छ । त्यसका लागि खानपानमा विशेष ध्यान दिन जरुरी छ।

खानालाई सन्तुलित गर्न सकियो र नियमित रुपमा व्यायाम गर्न सकिएको खण्डमा धेरै किसिमका रोगहरूबाट मुक्ति पाउन सकिन्छ। हर्ट अट्याक, सुगर लगायतका समस्या समाधानमा खानपानको समेतत विशेष भूमिका रहेको हुन्छ । बिहानबेलुकाको खानामा हरियो साग हुनु अत्यन्त लाभदायी हुन्छ । दैनिक कम्तीमा एकपटक फलफूल खानुपर्छ ।

बेलुकाको खानामा दुईदेखि तीनवटा सुक्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ। बेलुका ८ बजेभित्र खाना खाइसक्नुपर्छ। बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ। धेरै शारीरिक श्रम गर्नेले धेरै र थोरै गर्नेले थोरै नै खानुपर्छ्। बेलुकाको खाना खाएपछि तुरुन्त सुत्नु हुँदैन। कम्तीमा दुई घन्टापछि मात्र सुत्नुपर्छ।

शाकाहारी हुनु मुटुका लागि फाइदाजनक छ। तर नियन्त्रित रूपमा माछा–मासु खाए पनि हानी भने हुँदैन।  माछा र कुखुराको मासुले कोलेस्ट्रोल कम बढाउँछ । माछा–मासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ। बेलुका माछा नखानु उत्तम हुन्छ। –एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्वकै प्रदूषित शहरमा काठमाडौंको ह्याट्रिक

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस