बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको बालाजुस्थित गंगाहल अगाडि गएराति ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार व्यक्ति भने गम्भीर घाइते भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार माछापोखरीबाट बालाजुतर्फ आउँदै गरेको बा२ज १४३० नम्बरको ट्याक्सी र विपरित दिशाबाट जाँदै गरेको बा७८प १४० नम्बरको मोटरसाइकल शनिबार राति सवा ११ बजे आपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक नुवाकोट, ३५ किलो घर भएका २२ वर्षीय निखिल तामाङ र पछाडि सवार सोही ठाउँका २२ वर्षकै रुपेश तामाङलाई उपचारको लागि महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो ।

उपचारकै क्रममा निखिलको आइतबार बिहान सवा ५ बजे मृत्यु भएको महाशाखाले जनाएको हो । ट्याक्सीसहित चालकलाई महानगरीय प्रहरी वृत बालाजुले नियन्त्रणमा लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कार्यादेश टुंगो लगाउँदै कार्यदल, कांग्रेसबाट थपिए कार्की

काठमाडौं । कार्यदलमा विशेषगरी गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने कि नगर्ने भन्ने विषयमा विवाद छ । सत्ता र प्रतिपक्ष दलले गत शनिबार सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो । सो सहमति अनुसार समितिको कार्यादेश (टिओआर) टुङ्गो लगाउन कार्यदल गठन गरिएको थियो ।

प्रतिकृया दिनुहॊस