जन्मदिन मनाउन प्रधानमन्त्री ओली तेह्रथुम जाँदै

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिन मनाउन जन्मथलो, तेह्रथुमको आठराइ गाउँपालिका जाने भएका छन्। जन्मदिन मनाउन प्रधानमन्त्री ओली हेलिकोप्टरमार्फत् आठराइ, सल्ले जान लागेको प्रधानम्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

आज प्रधानमन्त्रीको ओलीको ६९ औं जन्मदिन हो। उनको जन्म २००८ साल फागुन ११ गते तेह्थुमको आठराईमा भएको हो।  उनी आज विहान त्यसतर्फ प्रस्थान गर्ने सल्लाहकार थापाले जानकारी दिए।   मिर्गौला प्रत्यारोपणपूर्व जन्मथलो जाने ईच्छा भएपछि पुख्र्यौली घर रहेको स्थानमा आफ्नै खर्चमा हेलिप्याडसमेत बनाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

पुख्यौली घरजग्गालाई ट्रष्टको रूपमा विकास गर्ने ओलीको योजना छ। आफ्नो घरजग्गामा प्राविधिक शिक्षालय खोल्ने समेत ओलीको इच्छा रहेको बताइएको छ। साविक आठराइ गाविसमा जन्मिएका ओली सानैमा झापा झरेका थिए। जन्मथलो गएका बेला तेह्रथुम, पाँचथरमा खानेपानी आयोजना र सल्ले–ढुङ्गेसाँघु (ताप्लेजुङ( जोड्ने सडक समेत शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दार्चुलामा जात्रा हेरेर फर्केका यात्रु सवार जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ७ घाइते

काठमाडौं । दार्चुलाको मालिकार्जुन जात्राबाट फर्केका दर्शनार्थी चढेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । मालिकार्जुन जात्राबाट गोकुलेश्वरतर्फ आइरहेको जिप दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी प्रकाश दाहालकाअनुसार शैल्यशिखर नगरपालिका-६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान ४ बजेतिर दुर्घटना भएको हो ।

प्रतिकृया दिनुहॊस