नयाँ पेट्रोलपम्पलाई फागुनभित्रै स्वीकृति दिने निगमको तयारी

काठमाडौँ । नयाँ पेट्रोलपम्प सञ्चालनको स्वीकृति फागुन महिनाभित्रै दिइने तयारी छ । दस महिनाअघि आवदेन लिएको नेपाल आयल निगमले प्रक्रियागत छानबिन अन्तिम चरणमा पुर्‍याएको छ । निगमको छानबिन समितिले मापदण्डअनुसारका निवेदनको पहिचान गरिसकेको प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

निगमले फाुगनभित्रै नयाँ पम्पको स्वीकृत दिने तयारी गरेको छ । नयाँ पम्पका लागि एक हजार २५ व्यवसायीले आवेदन दिएका थिए । निगमले विशेषगरी काठमाडौँ उपत्यकाबाहिरका र ठूला तथा साना सहरोन्मुख क्षेत्रका लागि गत वैशाखमा आवेदन खुलाएका थियो । त्यसमा सबैभन्दा धेरै प्रदेश २ बाट ३४३ वटा आवेदन परेका छन् । सबैभन्दा थोरै कर्णाली प्रदेशबाट २२ वटा मात्र छन् ।

त्यस्तै प्रदेश १ बाट १८९, बाग्मती प्रदेशबाट १३१, गण्डकीबाट २७, प्रदेश ५ बाट दुई सय र सुदूरपश्चिम प्रदेशबाट ५६ वटा आवेदन परेका छन् । निगमले चलिरहेका पम्पहरू केही सुधार गर्ने र दुई वर्षअघि आवेदन खुलाएको नमुना पेट्रोलपम्पको प्रावधान यथावत् राखी नयाँ पम्पका लागि नयाँ विनियमावली ल्याएर आवेदन खुलाएको हो ।

नेपालमा हाल एक हजार पाँच सय पम्प छन् । एक हजार २५ वटा नयाँ आवेदन परेका छन् । नयाँ सबैले इजाजत पाए भने पम्पको सङ्ख्या दुई हजार पाँच सय पुग्ने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम रहेको …

प्रतिकृया दिनुहॊस