जापानले लगेन नेपाली कामदार

काठमाडौं । श्रम भिसामा अदक्ष र दक्ष कामदार लैजाने गरी नेपालसँग समझदारी गरेको एक बर्ष पुग्न लाग्दा जापानले एक जना नेपालीलाई पनि रोजगारी दिएको छैन । जापानले सरकारी संयन्त्रबाट कामदार लैजान रुचि नै नदेखाएको नेपाल सरकारको बुझाइ छ ।

नेपाल र जापानबीच २०१९ मार्चमा सरकारी संयन्त्रबाटै कामदार लैजाने भन्दै ‘सहकार्य गर्ने समझदारी’ (एमओसी) मा हस्ताक्षर भएको थियो । जापानले गत अप्रिल १ बाट नेपालसहित ९ देशबाट विदेशी कामदार ल्याउने निर्णय गरेपछि एमओसीमा हस्ताक्षर भएको हो ।

‘हामीले जापानसँग जी–टू–जी(सरकार–सरकारबीच) कामदार पठाउने गरी समझदारी गरेका हौंं । जी–टू–जीमा जापानको रुचि देखिएन,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर रायले भने । जापानले अन्य देशसँग निजी क्षेत्रको संलग्नतामा कामदार भर्ना प्रक्रिया अगाडि बढाएको हुनसक्ने मन्त्री रायले बताए ।

नेपालसँग गरिएको समझदारीमा भने तेस्रो पक्षको संलग्नतालाई स्वीकार गरिएको छैन । तेस्रो पक्ष(म्यानपावर) संलग्नता हुँदा ठगीको संभावना रहेको मन्त्रालयको बुझाइ छ । -कान्तिपुर दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइदै छ । आमालाई मीठामीठा खानेकुरा खान दिएर श्रद्धा भक्तिका साथ यो पर्व मनाइन्छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट आर्शिवाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।

प्रतिकृया दिनुहॊस