‘प्रेम पूजा’ को फस्ट लूक

काठमाडौँ । शिवरात्रिको अवसर पारेर फिल्म ‘प्रेम पूजा’ को फस्ट लूक सार्वजनिक गरिएको छ । सामाजिक कथामा बनेको सस्पेन्स जानराको फिल्ममा अमरदिप सापकोटाको निर्देशन छ ।

सापकोटाले यसअघि ‘कारखाना’ नामक फिल्म बनाएका थिए । जुन व्यावसायिक रुपमा असफल भएको थियो । ‘प्रेम पूजा’ को छायांकन वैशाखबाट थालिनेछ । फिल्मलाई काठमाडौं, चितवन तथा भारतको वनारसमा छायांकन गरिने निर्माण टिमले जनाएको छ । फिल्मलाई अभिमन्यु निरवीले लेखिरहेका छन् ।

नयाँ तथा पुराना पुस्ताका कलाकारको अभिनय रहने केही कलाकार अडिसनमार्फत लिइने जनाइएको छ । निर्माण टिमका अनुसार यो फिल्म आगामी वर्षको दशैंको अवसर पारेर रिलिज गरिने तयारी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस