८४ वर्षीयालाई बलात्कार गरेको आरोपमा चारजना पक्राउ

उदयपुर । कटारी नगरपालिका–३ की ८४ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन्।

बिहीबार दिउँसो बृद्धालाई वलात्कार गरेको आरोपमा सोही वडाका चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले जानकारी दिए।

घटनाका विषयमा अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरुको नाम अहिले नै सार्वजनिक गर्न नमिल्ने डिएसपी केसीले बताए। वृद्धाको स्वास्थ्य परीक्षण गरिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लम्बोदर न्यौपानेलाई २५ करोड ६९ लाख जरिवाना, तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका पूर्व अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई …

प्रतिकृया दिनुहॊस