ओमस्टोन एशिया क्यापिटलले नेपालमा पाँच तारे होटल बनाउने, सानिमा बैंकले वित्तीय सहयोग गर्ने

काठमाडौं । ओमस्टोन एशिया क्यापिटल नेपाल (ओएसीएनपिएल)ले धुलिखेलमा सुविधासम्पन्न पाँचतारे होटल तथा रिसोर्ट स्थापना गर्नको लागि वित्तीय व्यवस्थापन भएको छ । दुसित थानी हिमालयन रिसोर्ट एण्ड स्पा स्थापनाको लगानीका लागि सहवित्तीयकरण अन्तर्गत सानिमा बैंकको अगुवाईमा राष्ट्रिय वाणिज्य बैंक सहभागी भई यही फाल्गुन ७ गते ऋण सम्झौता सम्पन्न भएको छ । सो परियोजना निर्माणको अनुमानित लागत एक अर्ब २७ करोड रुपैयाँ रहेको छ ।

ओएसीएनपिएलले दुसित थानी हिमालयन रिसोर्ट तथा भिल्ला व्यवस्थापन र संचालनको लागि दुसित इन्टरनेशनलसँग सहकार्य गर्नेछ । दुसित इन्टरनेशनल थाइल्याण्डको प्रख्यात हस्पिटालिटी तथा शैक्षिक क्षेत्रसँग सम्बन्धित ब्राण्ड हो जुन अहिलेको समयमा तीव्र गतिमा विस्तार भइरहेको छ ।

विगत ६५ वर्षदेखि हस्पिटालिटी क्षेत्रमा विश्वस्तरीय एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको दुसित इन्टरनेशनलको हाल १८ वटा देशहरुमा २९ वटा होटल तथा रिसोर्ट संचालनमा रहेको छ भने अस्ट्रेलिया, नेपाल, भुटान, चीन, इन्डोनेशिया, केन्या, म्यानमार, ओमन, फिलिपिन्स, कतार, साउदी अरब, सिंगापुर, टर्की र युएई जस्ता देशहरुमा ५२ वटा प्रोजेक्ट निर्माणको योजनामा रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकको ‘ग्लोबल ग्रिन आवास कर्जा’ : ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रिन आवास कर्जा योजना …

प्रतिकृया दिनुहॊस