ग्लोबल आईएमई बैंक र खल्तीबीच सम्झौता

काठमाडौं । ग्लोबल आईएमई बैंक र खल्ती डिजिटल वालेटलेबीच डिजिटल भुक्तानी सम्बन्धी सम्झौत भएको छ ।

उक्त सम्झौतापत्रमा ग्लोबल आईएमईका ट्रान्जेक्सन बैंकिङ प्रमुख पुकार सुबेदीे र खल्तीका डाइरेक्टर अमित अग्रवालले हस्ताक्षर गरे ।

सम्झौता अनुसार अब ग्लोबल आईएमई बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री