टिपरको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौ ।  मङ्गलबार राति काठमाडौंको  शङ्करापुर नगरपालिका ६ को धोला टोलमा टिप्परले ठक्कर दिँदा स्थानीय बासिन्दा प्रविण श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

टिप्परको ठक्करबाट घाइते भएका श्रेष्ठको उपचारको क्रममा मङ्गलबार राति नैमृत्यु भएको हो । ठक्कर दिने ना १ क ४५६४ नम्बरको टिप्पर चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप