रक्षामन्त्री पोखरेलले गरे कालापानी क्षेत्रको हवाइ निरीक्षण

दार्चुला । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज भारतले आफ्नो नक्सामा राखेको कालापानी क्षेत्रको हवाइ निरीक्षण गरेका छन् । कालापानी क्षेत्रमा बाक्लो हिउँ परेका कारण हेलिकोप्टर ल्यान्ड हुन नसकेका कारण उनले हवाइ निरीक्षण गरेका हुन् ।

दार्चुलामा रहेका उनी केहीबेरअघि नेपाली सेनाको हेलिकोप्टरमार्फत कालापानी क्षेत्रमा गएका हुन् । भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि नेपालमा उक्त भूभाग नेपालको रहेको भन्दै भारत विरुद्धमा प्रदर्शन समेत भएको थियो ।

यसअघि उपप्रधानमन्त्री पोखरेलले नेपालको भूमि एक इञ्च पनि नछाड्ने बताएका थिए । सरकारले यसअघि नै छारुङ क्षेत्रमा सशस्त्र प्रहरीको बेसक्याम्प राख्ने निर्णय पनि गरिसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री