दरखेखोला लघु जलविद्युत् आयोजना १२ वर्षदेखि अलपत्र

मुगु । छायानाथ रारा नगरपालिका–१४ स्थित दरखेखोला लघु जलविद्युत् परियोजना १२ वर्षदेखि अलपत्र छ।  वडा नम्बर १४ का तीन गाउँका ३०० घरधुरीका लागि २०६४ सालमा जिल्ला ऊर्जा शाखाको सहयोगमा निमार्ण भएको १९ किलोवाट दरखेखोला लघु जलविद्युत् परियोजनाको काम सकिनै लाग्दा रोकिएको थियो।

साविकको जिल्ला विकास समितिको कार्यालयअन्तर्गत रहेको जिल्ला ऊर्जा शाखाले स्थानीयले श्रमदान गर्नुपर्ने र स्थानीयले अनुदान जुटाउनुपर्ने भन्दै परियोजनाका लागि पहिलो पटक २९ लाख २५ हजार रुपैयाँमा सम्झौता गरे पनी स्थानीयले अनुदान रकम जुटाउन नसक्दा २९ लाख २५ हजार रुपैयाँ अपुग भयो। यसपछि निर्माणको काम अन्तिममा पुगेर रोकिएको दरखेखोला लघु जलविद्युत् परियोजना उपभोक्ता समितिका अध्यक्ष चंख बढुवालले बताए।

पछि पुनः बजेट थपेर साविकको रुगा गाविसका साथै संस्था र ऊर्जा शाखाको सहयोगमा करिब ९५ लाख रुपैयाँ जुटाई काम सुरु गरे पनि काम सम्पन्न नभएको बढुवाल बताउँछन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस