सुनको कारोबार बढ्यो, तोलाको ७५ हजार नाै सय रुपैयाँ

काठमाण्डाै । सुनको भाउ मङ्गलबार तोलामा एक सय रुपैयाँले घटेको छ । सुन मङ्गलबार तोलाको ७५ हजार नाै सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साेमबार र गएकाे आइतबार तोलाको ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मङ्गलबार तोलामा सय रुपैयाँले घटेको हो ।

चाँदी भने गएकाे आइतबारदेखि नै तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएकाे छ । यसैबीच लगनको समय भएकाले सुनको कारोबार बढ्दै गएको व्यवसायीले बताएका छन् । पुस महिनामा दैनिक मुश्किलले झण्डै १० किलो सुन कारोबार हुने गरेकाेमा अहिले माग बढेर दैनिक २० किलोसम्म पुगेको महासङ्घले जनाएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस