आज सुशील कोइरालाको पाँचौं स्मृति दिवस

काठमाडौँ । नेपाली कांग्रेसका तत्कालिन सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको आज पाँचौं स्मृति दिवस हो । वि.सं. १९९६ साउन २८ गते विराटनगरमा जन्मिएका कोइरालाको ०७२ माघ २६ गते काठमाडौंमा निधन भएको थियो । केही दिन सामान्य ज्वरोका कारण अस्वस्थ भएका उनको निमोनियाका कारण आकस्मिक निधन भएको बताइएको थियो ।

नेपालका ३७ औं प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति कोइरालाकै नेतृत्वमा ०७२ असोज ३ गते नेपालको नयाँ संविधान जारी गरिएको थियो । कोइराला नेपालको व्यवस्थापिका संसदबाट ०७० माघ २७ गते प्रधानमन्त्रीको पदमा निर्वाचित भएका थिए।

कोइरालाको जन्म पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा भएको हो। उनका ६ भाइ र एक बहिनी थिए। वन अधिकृत बोधप्रसाद जागिरका सिलसिलामा बाँके जिल्ला, नेपालगञ्ज पुगेका थिए। त्यसपछि कोइराला परिवारको बसोबास नेपालगञ्जमा भएको थियो।

सुशीलले पार्टीमा लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापति भएर काम गरेका थिए । पार्टीको एघारौँ महाधिवेशनपछि उनले पार्टीको कार्यवाहक सभापतिका हैसियतले काम गरे। त्यतिबेलासम्म सरकारी लाभको पदमा नरहेका सुशिल सन्त राजनीतिक नेताका रूपमा पनि परिचित छन्।

सन् २०१० सेप्टेम्बर २२ मा काठमाडौंमा भएको १२ औं महाधिवेशनमा कोइराला नेपाली काँग्रेसको सभापति चुनिए । त्यतिबेला सुशीलले १ हजार ६५२ मत ल्याए । उनका निकट प्रतिद्वन्द्वी देउवाले १ हजार ३ सय १७ मत मात्रै ल्याएका थिए । नेपालको राजनितीमा कोइरालाको योगदान अमूल्य रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईलाई भोलि मात्रै अदालत लगिने

काठमाडौं । साइबर अपराधको कसुरमा समातिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईको म्याद थप भोलि (बुधबार) हुने …

प्रतिकृया दिनुहॊस