रुपन्देही । एनआईसी एशिया बैंक लिमिटेडको देवदह न. पा. ५, खैरेनी, रुपन्देही स्थित खैरेनी शाखाको विधिवत् उद्घाटन सम्पन्न भएको छ । उक्त शाखाको उद्घाटन देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्रीले गरेका छन् ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमाएनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । खैरेनी शाखाको समुद्घाटनसँगै एनआईसी एशिया बैंकको शाखा संख्या १७९ पुगेको छ । यसबाहेक, बैंकले १७२ एटिएम एवं ४ एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थपशाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
तपाईंको प्रतिकृया



