सुनको भाउ फेरि उच्च विन्दूमा

काठमाडौं । करिब एक महिनापछि सुनको मूल्य फेरि उच्च विन्दूमा पुगेको छ। यसअघि पुस २३ गते तोलाको ७६ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन आइतबार फेरि यही विन्दूमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको भाउ तोलाको ७६ हजार ५ सय रूपैयाँ तोकिएको छ। यो मूल्य शुक्रबारको भन्दा ५ सय रूपैयाँले धेरै हो। शुक्रबार सुनको मूल्य तोलामा ७६ हजार रूपैयाँ कायम भएको थियो। सुनको मूल्यमा भएको वृद्धिसँगै बजारमा कारोबार भने सुस्त देखिएको व्यवसयीहरूले बताएका छन्।

अघिल्लो साताको तुलनामा गत साता सुन कारोबारमा केही सुस्तता देखिएको व्यवसायीहरूले जानकारी दिएका छन्। सुनको भाउ बढेसँगै चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ। चाँदीको मूल्य तोलाको ८९५ रूपैयाँ पुगेको छ। शुक्रबार चाँदीको मूल्य ५ रूपैयाँ बढेको महासंघले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस