प्रभु इन्सुरेन्सको वार्षिक साधारण सभा माघ २४ गते

काठमाडौं । प्रभु इन्सुरेन्सको २४औं वार्षिक साधारण सभा माघ २४ गते शुक्रबार बस्ने भएको छ । प्रभु इन्सुरेन्सको कार्यलय, प्रभु कम्प्लेक्स, तीनकुने काठमाडौंमा बिहान ११ बजेबाट सभा सुरु हुनेछ । कम्पनीले १६.३२% लाभांश वितरण गर्ने एजेन्डा पेश गर्दैछ । कम्पनीले गत वर्षको नाफाबाट ५% बोनस सेयर र कर प्रयोजन सहित ११.३२% नगद लाभांश वितरण गर्न लागेको हो ।
प्रभु इन्सुरेन्सले ५ करोड २ लाख ५३ हजार ८०० रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, ११ करोड ३७ लाख ७४ हजार ६०३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । बोनस सेयर पश्चात चुक्ता पुँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनका लागि प्रभुले माघ १० गते शुक्रबार बुक क्लोज गरिसकेको छ । माघ ९ गते बिहीबारसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफ क्यापिटलको सीईओमा मनीष घिमिरे नियुक्त

काठमाडाैं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनीष घिमिरेलाई नियुक्त गरेको छ । …

प्रतिकृया दिनुहॊस

This will auto close after