आरएसडीसी लघुवित्तको नाफा ६१.८१% वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा आरएसडीसी लघुवित्तले ४ करोड ६० लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिमा भन्दा ६१.८१% ले बढी हो । गत वर्ष यसैअवधिमा यसले २ करोड ८४ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

आरएसडीसीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ४०.६३% र ६९.७४% ले बढेको छ । यसले पनि खुद नाफा बढाउन सहयोग पुगेको हो । यता, खुद नाफामा आएको सुधारले संस्थाको प्रतिसेयर आम्दानी पनि बढेको छ ।

प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७४ पैसाले बढेर १३ रुपैयाँ ७३ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ९४ पैसा छ । खराब कर्जा घटेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप