समीर आचार्य र मिस्टर आरजेको ‘ठुम्का’

काठमाडौं ।  समीर आचार्य र मिस्टर आरजेले नयाँ गीत ‘ठुम्का’ बजारमा ल्याएका छन्। आचार्यको स्वर रहेको यस गीतमा आरजेले र्‍याप भरेका छन्। सुदुरपश्चिमी भाषामा निर्माण गरिएको यस गीतमा सन्तोष सुनारको शब्द तथा संगीत रहेको छ।

गीतको भिडियोमा हरिश निरौला र नायिका आँचल शर्मालाई देख्न सकिन्छ।   रामकुमार केसीले छायांकन गरेका भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका छन्। गीतको भिडियोमा राजिव समरले नृत्य निर्देशन गरेका छन् भने भिडियोका निर्माता मनोज बस्नेत हुन्।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन्दीपका समर्थकहरूले मलाई अनफ्रेन्ड गर्नू : अभया सुब्बा

काठमाडौं । गायिका अभया सुब्बाले क्रिकेटर सन्दीप लामिछानेका फ्यानलाई फेसबुकमा अनफ्रेन्ड गर्न आग्रह गरेकी छन् …

प्रतिकृया दिनुहॊस