काठमाडौंमा भीड हुने ६९ स्थानमा सार्वजनिक शौचालय निर्माण गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्र र मानिसको अत्यधिक भीड हुने स्थानलाई पहिलो प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने तयारी गरेको छ ।

नयाँ शौचालय निर्माणसँगै सञ्चालनमा रहेका सार्वजनिक शौचालयको गुणस्तर सुधार गर्नुपर्ने, पहुँच बढाउनुपर्ने, पेट्रोल पम्पलगायत सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेष्टुराँलगायत निजी तथा व्यावसायिक स्थान सञ्चालन भइरहेका शौचालयलाई स्तरोन्नति गरिने कामपाको उपप्रमुख हरिप्रभा खड्गीले जानकारी दिइन् ।

शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउन उपप्रमुख खड्गीलाई जिम्मेवारी दिएको थियो । चालु आर्थिक वर्षमा कामपाले सार्वजनिक शौचालय निर्माणका लागि रु तीन करोड विनियोजन गरेको छ । पछिल्लो समय कामपाले शहरी योजना आयोग गठन गरी सार्वजनिक शौचालय निर्माणको लागि काम अघि बढाएको जनाए पनि हालसम्ममा निर्माणको लागि  ढाँचा, लागत र स्थानको अध्ययन मात्र गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री