काठमाडाैं । कप्तान लियोनल मेस्सीले सानदार प्रदर्शन देखाएपछि कोपा डेल रे अन्तर्गत बिहीबार राति भएको खेलमा लेगानेसलाई ५-० ले पराजित गर्दै बार्सिलोना क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
गत शनिबार भ्यालेन्सियासँग हारेको बार्सिलोनाले जित निकाल्दै प्रतियोगितामा कीर्तिमानी ३०औं पटक क्वार्टरफाइनलमा स्थान बनाएको हो । नेउ क्याम्पमा भएको खेलमा एन्टिनियो ग्रिजम्यान र क्लिमेन्ट लेन्लेटले पहिलो हाफमा गोल गरेका थिए । त्यसपछि मेस्सीले बार्साको तेस्रो र पाँचौं गोल गरे ।
गएरातिको जितसँगै मेस्सीले बार्सिलोनाको लागि ५ सय गोल पुरा गरेका छन् ।
बार्सिलोनासंगै रियाल मड्रिड, भ्यालेन्सिया, एट्लेटिक बिल्वाओ, भियारियाल, ग्रानाडा, रियाल सोसिडाड र मिरन्डासले पनि कोपा डेल रे फुटबलको क्वाटरफाईनलमा ठाउँ बनाएका छन् ।
प्रतिकृया दिनुहॊस