आज माघ १७ गते शुक्रबार : हेर्नुहाेस् कुन देशकाे विनिमयदर कति ?

काठमाडौं । आज माघ १७ गते शुक्रबार अमेरिकी डलरसहित सबै देशको भाउ बढेको छ । बिहीबार घटेको सबै देशको विनिमयदर आज भने बढेको हो ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ ८ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ६८ पैसा रहेको छ । यूरोपियन यूरो एकको खरिददर १ सय २५ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर १ सय २६ रुपैयाँ ३८ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ६१ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ३९ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५७ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५० पैसा रहेको छ ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २२ पैसा रहेको छ । मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९१ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ५ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ७५ रुपैयाँ २६ पैसा तथा बिक्रिदर ३ सय ७७ रुपैयाँ २४ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ ६० पैसा तथा बिक्रिदर ३ सय ४ रुपैयाँ १९ पैसा रहेको छ ।

यस्तो छ सबै देशको विनिमयदर तालिका

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री