काठमाडाैँ । साउना गएका श्रीमान-श्रीमतीको निसास्सिएर मृत्यु भएको छ। ललितपुर-१४ विशालचौकस्थित फिट एण्ड फाइन जिमखानाको साउनामा वाफ लिन गएका श्रीमान-श्रीमतीको बुधबार राति मृत्यु भएको हो।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार मृत्यु हुनेमा ४० वर्षीय हस्त मगर र ३७ वर्षीया नेत्रकुमारी मगर छन्। परिसर प्रवक्ता एसपी दुर्गा सिंहका अनुसार उनीहरू राति करिब ९ बजे बेहोस अवस्थामा भेटिएका थिए।
जिम सकेर दम्पत्ति साउना बाथ लिन गएको र ढिलोसम्म ढोका नखोलेपछि सञ्चालकले प्रहरीलाई खबर गरेको एसपी सिंहले जानकारी दिइन। ‘वाफ लिन पसेका दम्पत्ति लामो समयसम्म ननिस्किएपछि ढोका खोलेर हेर्दा बेहोस अवस्थामा फेला परेका थिए,’ सिंहले भनिन्।
उनीहरूलाई तत्काल पाटन अस्पताल ल्याइएको थियो। अस्पताल ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए। उनीहरू ललितपुर-१४ मै बस्थे।
तपाईंको प्रतिकृया




