काठमाडाै । महालक्ष्मी विकास बैंक लि. ले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकसँग आर. टि. जि. एस (RTGS) प्रणालीसँग सम्बन्धित समझदारीपत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौता पश्चात ग्राहकहरुले Real Time Gross Settlement (RTGS) बाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबारहरु फस्याैट हुने हुदा बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने बैंकले जनाएको छ ।
उक्त सम्झौतापत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट भुक्तानी प्रणली विभागका कार्यकारी निर्देशक श्री रेवती प्रसाद नेपाल ज्यू र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरे । देशका १०२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आधुनिक प्रविधिमा आधारित भई अनलाईन बैंकिङ्ग, एटिएम, क्युआर पेमेन्ट, मोबाईल बैकिङ्ग लगायतका सेवाहरु उपलब्ध गराउदै आईरहेको छ ।




