काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
बैंकले ५५ औं वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय परिसरमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा १ सय ५४ जनाले रक्तदान गरेका थिए ।
साथै, बैंकले वार्षिकोत्सबको उपलक्ष्यमा ब्याडमिन्टन, टेबलटेनिस, म्यूजीकल चेयर, फुटसल खेलकुद प्रतियोगिताको पनि आयोजना गरिरहेको छ ।
तपाईंको प्रतिकृया



