काठमाडौं । उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले सोमबारको प्रतिनिधि सभा बैठक अघि नै राजीनामा दिने भएकी छिन् । सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने संवैधानिक ब्यवस्था अनुसार उपसभामुखले राजीनामा दिन लागेकी हुन् । सत्तारुढ नेकपाले हिजो सभामुख पदका लागि स्थायी कमिटी सदस्य अग्नी सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै तत्कालीन नेकपा एमालेबाट उपसभामुख निर्वाचित डा. शिवमाया तुम्बाहाङ्फेले आज राजीनामा दिने नेकपाले जनाएको छ।
तपाईंको प्रतिकृया




