काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका कप्तान एस्ले योङ इटालियन क्लब इन्टर मिलानमा प्रस्थान गरेका छन् । इन्टरले योङलाई ६ महिनाको लागि १.५ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो ।
इंग्ल्यान्डका पुर्व ३४ बर्षे डिफेन्डर योङले यसअघि पनि इन्टर मिलान जान इच्छुक रहेको बताउँदै आएका थिए । सोही कारण योङ पछिल्ला तीन खेलमा मैदान उत्रिएका थिएनन् । योङ इन्टर पुगेसँगै युनाइटेडले ह्यारी मगाएरलाई युनाइटेडको नयाँ कप्तान चुनेको छ ।
उनी शुक्रबार इन्टर मिलानमा पुगेका छन् । उनको शुरुमा मेडिकल परीक्षण हुनेछ । त्यसपछि मात्रै सम्झौता हुने बुझिएको छ ।
योङले म्यानचेस्टर युनाइटेडले मौका दिएको र विभिन्न ट्रफीहरु जित्दाको क्षण अविस्मरणीय रहेको भन्दै साढे आठ वर्षमा युनाइटेडको कप्तानसहित कथाको अंश बन्न मौका दिएकोमा धन्यवाद व्यक्त गरेका छन् । उनले युनाइटेडका समर्थकहरुलाई समेत धन्यवाद दिदै फेरि पनि भेट्न सकिने बाँचा गरेका छन् ।
२०११ मा एस्टन भिल्लाबाट युनाइटेडमा पुगेका थिए ।



