सुनकाे भाउ बढ्याे, तोलाको ७४ हजार सात सय

काठमाण्डाै । सुनको भाउ शुक्रबार तोलामा एक सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलाको ७४ हजार आठ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार स्थिर रहँदै सुनको भाउ तोलाको ७४ हजार सात सय रुपैयाँ थियो ।

यस्तै शुक्रबार चाँदी तोलामा पाँच रुपैयाँ बढेर आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।  गएको पुस २३ गते बुधबार सुनको भाउले नयाँ रेकर्ड बनाएको थियो । त्यो दिन तोलाको ७६ हजार ५ सय रुपैयाँ पुगेको थियो, जुन मूल्य अहिलेसम्मकै महँगो हो ।

सुनको भाउको उतारचढावले कारोबार प्रभावित भएको व्यवसायीले जनाएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री