मिस ईकलेज २०१८ का प्रतियोगीले देखाए प्रतिभा

काठमाडौं ।  मिस ईकलेज सिजन ८ मा सहभागी २९ जना प्रतियोगीहरुले कमलादी स्थित सिडव्लु पार्टी प्यालेसमा आज भएको एक कार्यक्रम विच आफ्नो आफ्नो प्रतिभा प्रस्तुत गरेका छन ।

उक्त कार्यक्रममा सृजना लामाको पहिलो जुनी वोलको गीत गाएर कार्यक्रमको शुभारम्भ गरेकी थिइन।  रोजीना केसीले  गैरी खेतको सिरै हान्यो  गितको वोलमा , सोफीया श्रेष्ठले नेवारी गितमा, मनिषा वराइली र रोजनी मर्हजनले पनि कतिमाया लाग्छ भन्ने गितमा आफ्नो  नृत्य प्रस्तुत गरेका थिए  भने फुरुलामा सेर्पाले विश्व वातावरणको असरको वारेमा आफ्नो धारणा राखेकी थिइन ।
सृजना लामाले पहिलो जुनीको वोलको गित गाएर आफ्नो प्रस्तुती दिएकी थिइन भने अपेक्षा ढुङानाले राज्यको समावेसी विषयमा आफनो भनाइ प्रस्तुत गरिन , करुना गुरुङले मेरो दुलुङ गाउँको गीतमा राम्रो नृत्य प्रस्तुती दिएकी थियन र आङ डामु सेर्पाले  पनि धरानको वजार वोलको गीतमा नृत्य गरेर उपस्थित दर्शकहरुलाई मनोरन्जन प्रदान गरेकी थिइन ।

त्यस्तै चोली अलि छोटो छ भन्ने वोलको गीतमा आसा लिम्वुले नृत्य गरेकी थिइन्, पासाङ लामु सेर्पाले आफ्नो भाषाको गीतमा नृत्य गरेकी थिइन,काजोल तामाङले डाफेझै नाचने हिमाल झै हासने वोलको गीतमा नृत्य गरेकी थिइन ,सविता लामाले पनि गैरीखेतको शिरै हान्यने वोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन , सुनकोसी सुसेली गीतमा उर्मीला गोलेले आफ्नो नृत्य मार्फत प्रतिभा प्रस्तुत गरेका थिए ।

‘पेमा लामा,प्रविना कपाली,रविना तामाङले पनि विभिन्न नेपाली गीत गाएर आफ्नो प्रतिभा देखाएका थिए । अलिसा श्रेष्ठले राधा वोलको गीतमा नृन्य देखाएर सवैलाई रोमान्चीत वनाएकी थिइन भने  सन्ध्या थापाले हिजोराती सपनीमा वोलको गीतमा आफ्नो प्रस्तुती दिइकी थिइन । अन्जना हमालले तनाव विषयमा आफ्नो विचार राखेकी थिइन ।

उक्त कार्यक्रमा निर्णायक मण्डलमा कल्व उड्ल्याण्डमा म्यानेजीङ डाइरेक्टर श्रवण कुमार कुवर ,सिम्रिक यएर लाइन्सकी चिफ क्याविन क्रयू अस्मिता खनाल, जुम्वा प्रशिक्षक सोनाम केसी,मिस इकलेज २०१५की विजेता नितिका कर्मचार्य,मिस इकलेज २०१७की सेकेन्ड रनरअप युनीता खत्री रहनु भएको थियो ।

कलेजमा अध्ययनरत टिनएज युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास साथै उच्च शिक्षाको अध्ययनको  लागि सहयोग पु¥याउने र समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेत्ुले यो कार्यक्रमलाई निरन्तरता दिईएको हो ।

स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विभिन्न विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्दै रहनु भएको छ  । फागुन ५ गते शनिवारको दिन उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा काडाघारी  स्थित अक्षरा स्कुलको सभाहलमा सम्पर्न हुनेछ ।

प्रतियोगिताका विजेताले “ मिस ईकलेज २०१८” को ताज उपाधि सहित रु एकलाख ८० हजार पर्ने यामाहा रेजी स्कुटर र उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति , नेपाल एयर होस्टेज एकाडमीको तर्फवाट रु २५ हजार वरावरको एयर होस्टेज तालिम दिइने छ, साथै अन्य गिफ्टहयाम्पर पाउने छन ।

फस्ट रनर अपले मोवाइल ट्याव र सेकेण्ड रनर मोवाइल फोन साथै १ वर्षको छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । साथै विजेता ३ जनाले ५ दिनको वैङकक पटाय भ्रमणको अवसर पनि प्रदान गरिने छ । यस बाहेक अन्य विभिन्न १८ विधामा पनि सव टाइटल प्रदान गरिने छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

हरिभक्त बुढाथोकीको ‘बुढेसकाल’

काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘बुढेसकाल’ सार्वजनिक भएको छ । मदनकृष्ण श्रेष्ठको स्वर, …

प्रतिकृया दिनुहॊस