सुनको भाउ तोलामा ९ सय रुपैयाँले घट्यो

काठमाण्डाै । हप्ताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा ९ सय रुपैयाँ घटेर तोलाको ७४ हजार ६ सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार तोलामा एक हजार रुपैयाँ घटेको सुनको भाउ आज पनि तोलामा ९ सय रुपैयाँ घटेको हो । अमेरिका र ईरानबीचको तनावका कारण बढेको सुनको भाउ दुई देशबीचको तनाव मत्थर हुँदै गएपछि भाउ घट्दै गएको महासङ्घअन्तर्गतको सुनको भाउ निर्धारण समितिले जनाएको छ ।

यस्तै चाँदी पनि आज तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भैहरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एकैपटक पेट्रोलको मूल्य सात रुपैयाँले घट्यो, अब कति ?

काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको भाउ घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट …

प्रतिकृया दिनुहॊस

This will auto close after