बिहीबार एकै दिन १ सय १८ टिपर चालकमाथि कारबाही

काठमाडाैँ । बिहीबार काठमाडौं उपत्यकामा १ सय १८ टिपर चालक ट्राफिक कारबाहीमा परेका छन्। ट्राफिक नियमविपरीत उपत्यकामा टिपर चलाएका कारण उनीहरू कारबाहीमा परेका हुन्।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उक्त दिन उपत्यकामा १ हजार ९ सय २० ट्राफिक कारबाही भएका छन्। जसमा सबैभन्दा बढी फुटपाथमा पार्किङ गर्ने १ सय २० परेका छन्।

यसैगरी अनधिकृत पार्किङ गर्ने ९५ सवारीसाधनमाथि ह्विल/चेन लक कारबाही गरिएको महाशाखाले जनाएको छ। सोही दिन लेन अनुशासन पालना नगर्ने ९५, मापसे गरी सवारी चलाउने ८४, सिटिभीमार्फत निगरानी गरी ६६, जथाभावी हर्न बजाउने ५३, भाडाका कार तथा ट्यक्सी ४१ र अनय १ हजार २ सय २९ कारबाही गरिएको महाशाखाले जनाएको छ।

उक्त दिन काठमाडौं उपत्यकामा ३२ वटा सवारी दुर्घटना भएका थिए। जसमा २२ जना सामान्य र १ जना गम्भीर घाइते भएको महाशाखाले जानकारी दिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस