सिटी एक्सप्रेस मनि ट्रान्सफरको “लखपति एक्सप्रेसको न यति न उति सिधै लखपति” योजनाको बम्पर उपहार विजेता घोषित

काठमाडौं ।  सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस २०७६- न यति न उति सिधै लखपति” योजना अन्तर्गत साउदी अरबको अरब नेशनल बैंक – टेलिमनीबाट पैसा पठाई बम्पर उपहार रु १० लाखको लक्कीड्र«मा परी जागेश्वर भुस्कुलिया यादव विजेता घोषित भएका छन् ।

सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा एक समारोह बीच सिटी एक्सप्रेसको प्रबन्ध निर्देशक चन्द्र टण्डनद्वारा सिस्ट्ममा आधारित लक्कीड्र मार्फत उक्त विजेता घोषणा गरियो ।

यस उपहार योजना अबधीभर हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ९ सय जनाले रु. २००-/ को मोबाइल टप अप, साप्ताहिक रुपमा १२ जना विजेताले रु. १० हजार नगद र ३ जनाले रु. १ लाख नगद प्राप्त गरिसकेका छन् ।

ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो । सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस २०७६ – न यति न उति सिधै लखपति” उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक रु. २०० -/ को मोबाइल टप अप १२ जनालाई, त्यसैगरी साप्ताहिक रुपमा रु. १० हजार तीन जनालाई र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले रु. १ लाख र अन्त्यमा एक जना भाग्यशाली विजेताले रु. १० लाख बम्पर उपहार प्राप्त गर्ने प्रावधान राखिएको थियो ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्नो उपभोक्ताहरुका लागि दसै, तिहार र छठ्लाई लक्षित गर्दै यस “लखपति एक्सप्रेस २०७६ – न यति न उति सिधै लखपति” योजनाको आयोजना गरेको थियो । यो योजना असोज १ गते देखि मंसिर ३० गते सम्म चलेको थियो ।

यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छु«्ट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७५ सय भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप