महालक्ष्मी विकास बैंकद्वारा वैद्यनाथ वेद विद्याश्रम अछामलाई आर्थिक सहयोग

काठमाडौं ।   महालक्ष्मी विकास बैंकले वैद्यनाथ वेद विद्याश्रम अछामलाई आर्थिक सहयोग गरेको छ । बैंकले सनातन धर्म संस्कृति बचाउनका लागि धर्म संस्कृतिको विशद ज्ञान भएका जनशक्ती उत्पादन गर्ने उद्देश्यले स्थापित श्री वैद्यनाथ क्षेत्र विकास संस्थाद्वारा सञ्चालित वैद्यनाथ वेद विद्याश्रम अछामलाई १ लाख पचास हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको हो ।

बैैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा सम्पन्न एक कार्यक्रमका बीच बंैकका प्रमुख कार्यकारी अधिकृत  कृष्णराज लामिछानेले संस्थाका संरक्षक तथा पूर्व प्रहरी महानिरिक्षक  मोतीलाल बोहोरालाई  उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

काठमाडौँ मोडेल अस्पताल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौँ । प्रदशनिमार्ग स्थित काठमाडौँ मोडेल अस्पताल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको …

प्रतिकृया दिनुहॊस