नविल बैंकले ३४ प्रतिशत लाभांश दिने

काठमाडौं । नविल बैंकको वार्षिक साधारणसभाले ३४ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ । बैंकको साधारणसभाले १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो । बैंकको लाभांश पारित भएसँगै १० अर्ब ९ करोड ३२ लाख ६६ हजार ८ सय ४८ रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

त्यस्तै बैंकले ११ अर्ब अधिकृत पूँजी पु¥याउने विशेष प्रस्ताव पनि पारित गरेको छ । साधारणसभामा शेयरधनीहरुले शाखा विस्तारसँगै आफ्नै पूँजीबाट बैंकलाई बलियो बनाउनु सुझाव दिएका थिए ।  त्यस्तै शेयरधनीहरुले बैंकले नगद लाभांशभन्दा बोनस शेयरलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

बैंकका अध्यक्ष शम्भुप्रसाद पौडेलले बैंकसँग भएको जगेडाकोष तथा सञ्चित मुनाफा बलियो भएकाले आवश्यक परेमा ठुलो बैंक हुन कुनै समस्या नरहेको बताए । नविल बैंकको जगेडाकोषमा १४ अर्ब १७ कारोड रुपैयाँ रहेको छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री