पानी जमेकाे खाल्टाेमा डुबेर दुई जना बालककाे ज्यान गयाे

महोत्तरी । महोत्तरीमा इँटा उद्याेगमा रहेकाे पानी जमेकाे खाल्टाेमा डुबेर दुई जना बालककाे ज्यान गएकाे छ । औरही नगरपालिका ९ इनर्वामा सञ्चालित डीएमडी इँटा उद्योगमा रहेको पानी जमेको खाल्डोमा डुबेर दुई जना बालककाे ज्यान गएकाे हाे ।

ज्यान गुमाउनेमा रौतहट चन्द्रपुर नगरपालिका २ मा रहेकाे जुडिबेलाकाे माझीटोलका विक्रम कुशवार माझीको तीन वर्षीय छोरा तितश कुशवर माझी र त्यही ठाउँका अर्जुन कुशवरका दुई वर्षीय छोरा अनिष कुशवर रहेका छन् ।

साँझको समयमा खेल्ने क्रममा पानीमा डुबेका ती बालककाे स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा ज्यान गएकाे इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । बालकहरुकाे शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ ।

विक्रम र अर्जुन सपरिवार केही महिनादेखि त्यही इँटा उद्योगमा मजदुरको रुपमा कार्यरत थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस