लिभरपुलद्वारा एभर्टन पराजित

इग्ल्याण्ड । इंग्लिस क्लव लिभरपुल एफ ए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । एभर्टनमाथि १-० को जित निकाल्दै लिभरपुल चौथो चरणमा प्रवेश गरेको हो।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलको जितमा कर्टुइस जोन्सको एक मात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ७१औ मिनेटमा जोन्सले ओरिगीको पासमा गोल गरे।

त्यसपछि एभर्टन खेलमा फर्कन सकेन र पराजित भयो। जसका कारण एभर्टन तेस्रो चरणबाट बाहिरीयो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री