बर्दिया ।बर्दिया ठाकुरबाबा नगरपालिका. २ मा ट्रक दुर्घटनाहुँदा तीन जनाको मृत्यु भएको छ । लु २ ख १०६८ नम्बरको ट्रक दुर्घटनाहुँदा ट्रकमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको नाम खुलेको छैन । दुर्घटनामा घाइते भएका ट्रक चालक दाङ घोराही उपमहानगरपालिका ११ बस्ने २८ वर्षीय कर्णबहादुर चौधरीको कोहलपुरस्थित मेडिकल कलेजमाल उपचार भइरहेको छ ।
तपाईंको प्रतिकृया




