काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्ध नागरिक सेवा समाजलाई २ लाख १६ हजार रुपैंया बराबरको आर्थिक सहयोग गरेको छ ।
बैंकले चाबहिलस्थित उक्त समाजमा रहेका वृद्धवृद्धाहरुलाई भजनकिर्तन गर्न वाद्यबादन सम्बन्धि सामाग्री लगायतका कार्यालय उपकरणहरु खरिदका लागि साे रकम दिएकाे हाे ।
उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समाजका अध्यक्ष तारा प्रधानलाई हस्तान्तरण गरे । बैकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जेष्ठ नागरिकहरुको एकाङ्की जीवनबाट टाढा रहन भजनकिर्तनले सहयोग पुग्ने बताए ।
तपाईंको प्रतिकृया




