राष्ट्रिय वाणिज्य बैंकद्वारा नागरिक सेवा समाजलाई आर्थिक सहयोग

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  वृद्ध नागरिक सेवा समाजलाई २ लाख १६ हजार रुपैंया बराबरको  आर्थिक सहयोग  गरेको छ ।

बैंकले चाबहिलस्थित उक्त समाजमा रहेका वृद्धवृद्धाहरुलाई भजनकिर्तन गर्न वाद्यबादन सम्बन्धि सामाग्री लगायतका कार्यालय उपकरणहरु खरिदका लागि साे रकम दिएकाे हाे ।

उक्त रकम  बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समाजका अध्यक्ष तारा प्रधानलाई  हस्तान्तरण गरे ।  बैकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जेष्ठ नागरिकहरुको एकाङ्की जीवनबाट टाढा रहन भजनकिर्तनले सहयोग पुग्ने बताए ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री