नयाँ वर्षमा टेलिकमको नयाँ अफर

काठमाडौं । अंग्रेजी नयाँ वर्ष (२०२० जनवरी १) देखि नेपाल टेलिकमले विभिन्न अफरहरू सार्वजनिक गरेको छ ।  बुधवार, भोलिदेखि नयाँ सिमकार्ड किन्दा सिमकार्डमा १० रुपैयाँ ब्यालेन्स,निःशुल्क ४० मिनेट टक टाइम र २० वटा एसएमएस एक महिनाभित्र नेपाल टेलिकम नेटवर्कमा प्रयोग गर्न सकिनेछ ।

सिममा उपलब्ध १० रुपैयाँ ब्यालेन्सबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिनेछ भने ४० मिनेट टकटाइम र २० ओटा एसएमएस एक महीनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने बताइएको छ ।

यसअघि नै सिमकार्ड खरीद गरी एक्टिभ नगरेका ग्राहकले पुस १५ गतेसम्म सिम एक्टिभेट गरेमा पुरानो व्यवस्थाअनुसार ब्यालेन्स ५० रुपैयाँ प्राप्त हुनेछ भने पुस १६ गते वा सोभन्दा पछि एक्टिभेट गरेमा नयाँ व्यवस्थाअनुसारको ब्यालेन्स १० रुपैयाँ तथा थप सुविधा प्राप्त हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री