गरिमा विकास बैंकको शाखा सिमरामा

काठमाडौं ।  गरिमा विकास बैंकले जितपुर सिमरा उप–महानगरपालिका वडानं..२ सिमरामा  शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक बीरगञ्जका निर्देशक राजन विक्रम थापाले गरे ।

कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक भुपेन्द्र बहादुर खड्काले बारा जिल्लाको ओद्योगिकरण गरी सिमरामा खोलेको विकास बैंकको सिमरा शाखाले त्यस क्षेत्रको ओद्योगिक तथा व्यावसायिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको बताएका छन् ।

बैंकले काठमाडौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १० हजार एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री