काठमाडौं । सोह्रखुट्टेको ओरालोमा पानी बोक्ने ट्यांकर दुर्घटना भएको छ । बा ३ ख ९४५० नम्बरको ट्यांकर ओरालो जाने क्रममा ब्रेक फेल भएर दुर्घटना भएको हो । उक्त ट्यांकरले ६ वटा साधानलाई ठक्कर दिएको हो ।ट्यांकरले चार वटा कार, एक बस र एक मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन ।
तपाईंको प्रतिकृया




