इन्टरनेटमा यसरी फस्दैछन् बालबालिका

काठमाडौं । बालबालिका इन्टरनेटको असुरक्षित प्रयोगमा फस्दै गएको एक अध्ययनले देखाएको छ। बालबालिकाको अधिकार बाल यौनहिंसाको क्षेत्रमा काम गरिरहेको अन्तर्राष्ट्रिय संस्था इम्प्याक्ट लक्जेमबर्गले ‘इन्टरनेट सेफ्टी एन्ड रिस्क अफ न्यु टेक्नोलोजिज टु चिल्ड्रेल इन नेपाल’ शीर्षकमा गरेको अध्ययनले यस्तो देखाएको हो।

हिमालका ४, पहाडका ६ र तराईका ५ जिल्लाका बालबालिका, विद्यालयका शिक्षक र अभिभावक गरी १२ हजार ९ सय ४४ जनामाझ गरिएको सर्वेक्षेणको निष्कर्षले बालबालिका इन्टरनेट सुरक्षा र सामाजिक सञ्जालको सचेत प्रयोगबारे जानकार नरहेको देखाएको छ। यो खबर आजको कान्तिपुरमा जनकराज सापकोटाले लेखेका छन्।

इक्याप्टको सर्वेक्षणले ७१.८० प्रतिशत बालबालिकासँग मोबाइल फोन र इन्टरनेटको पहुँच रहेको देखाएको छ। इन्टरनेटको प्रयोेग छात्राभन्दा छात्रले बढी गर्छन्।सर्वेक्षणमा सहभागी अनुसन्धानकर्मी अधिवक्ता प्रवीन सुवेदीले नेपालका बालबािलका इन्टरनेटको पहुँचमा पुगे पनि त्यसको सुरक्षित प्रयोग नभइरहेको बताउँछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री