काठमाडौं । पछिल्लो २४ घन्टामै काठमाडौं उपत्यकाभित्र ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ८० जना चालकमाथि कारबाही भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार फुटपाथ र सडकमा सवारी पार्किङ गर्ने २२६ जनालाई जरिवाना तिराइएको छ भने मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०९ र लेन अनुशासन उल्लंघन गर्ने १०४ जना चालकले पनि कारबाही भोगेका छन्।
पछिल्लो २४ घण्टाभित्र काठमाडौं उपत्यकामा भएका ४५ वटा सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको, १९ जना घाइते भएका छन्।
तपाईंको प्रतिकृया



