सकियो खण्डग्रास सूर्यग्रहण

काठमाडौं । पौष कृष्ण औँसीका दिन आज खण्डग्रास सूर्यग्रहण सकिएको छ । यो ग्रहण विभिन्न देशमा फरकफरक समयमा देखिनेछ । नेपालमा भने बिहान ८ बजेर ४२ मिनेटदेखि ग्रहण सुरु भएको थियो । १० बजेर १ मिनेटमा मध्य भएको ग्रहण ११ बजेर ३१ मिनेटमा सकिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

सूर्य ग्रहणको कुल अवधि २ घण्टा ४९ मिनेट रहेको थियो । खण्डग्रास सूर्यग्रहण अवलोकन गर्न शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी विज्ञान संग्राहलय कीर्तिपुर पुगेका थिए ।

उनले खण्डग्रास सुर्यग्रहणको अवलोकन गर्दै आधुनिक विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले थप काम गर्ने बताए । खण्डग्रास सूर्यग्रहण हेर्न संग्राहलयमा सर्वसाधरण र खगोल शास्त्रका विद्यार्थीको भिड लागेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप